Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा आज ६१ जना कोरोना संक्रमित थपिए

इलाममा आज ६१ जना कोरोना संक्रमित थपिए

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन २६ २०७८


इलाममा आज ६१ जना कोरोना संक्रमित थपिए

इलाम । इलाममा कोरोना संक्रमण बढ्दै गएको छ । आज मात्र जिल्लाभरीमा संक्रमणबाट थप ६१ जना संक्रमित फेला परेका हुन् । जिल्लामा सबैभन्दा धेरै इलाम नगरपालिका भित्र १६ जना, माङ्सेबुङ गाउँपालिकामा १३ जना, माई नगरपालिकामा ११ जना, सूर्योदय नगरपालिकामा ९ जना, फाकफोथुम गाउँपालिकामा ६ जना संक्रमित फेला परेका छन् ।

माईजोगमाई गाउँपालिकामा ४ जना, सन्दकपुर र देउमाई नगरपालिकामा १÷१ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। इलाममा संक्रमितको कुल संख्या ४ हजार ६७ पुगेको छ । कोरोना सङ्क्रमणबाट ८९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार