फिक्कल । इलाममा तपाईको मास्क खोइ ? सचेतनामुलक कार्यक्रम धमाधम भइरहेकाे छ । सरकारले साउन २३ देखि २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सञ्चालन गरेपछि प्रहरीले समेत कार्यक्रमलाई अघि बढाएको हो । पशुपतिनगर प्रहरी र नयाँबजार प्रहरीले साेमबार आफ्नो कार्यक्षेत्र र आसपासमा पर्ने सूर्योदय नगरपालिका, रोङ गाउँपालिका र माईजोगमाई गाउँपालिकाको विभिन्न वडामा मास्क वितरण गरेको थियो ।

हाल उच्च जोखिमको अवस्थामा रहेको कोभिड संक्रमणबाट सुरक्षित रहनको लागी अपनाउनुपर्ने सावधानी मुलक माईकिङ, पर्चा पम्पलेट वितरण गर्नुका साथै मास्क नलगाइ हिँड्ने यात्री, सवारी चालक, सहचालक, यात्रीलाई मास्क उपलब्ध गराएको छ । केही दिनयता इलाममा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।
