Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

आज प्रदेश १ र बागमती प्रदेशमा भीषण वर्षाको सम्भावना

आज प्रदेश १ र बागमती प्रदेशमा भीषण वर्षाको सम्भावना

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन २४ २०७८


आज प्रदेश १ र बागमती प्रदेशमा भीषण वर्षाको सम्भावना

इलाम । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै‚ प्रदेश १ र बागमती प्रदेशको एक दुई स्थानमा मेघजर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार बिहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशको एक वा दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार