इलाम । नेपाल प्रहरीको सक्रियतामा इलामका विभिन्न स्थानमा गाँजा फडानीले तिव्रता पाएको छ । जिल्ला प्रहरी कार्यालय इलाम र मातहतका प्रहरी कार्यालयहरुले प्राकृतिक रुपमा मानिसको पाखाबारी तथा सार्वजनिक जग्गामा उम्रिएको गाँजाको बोट अभियान नै चलाएर नष्ट गर्न थालेको हो ।
सोही अनुसार इलाका प्रहरी कार्यालय पशुतपतिनगरबाट प्रहरी निरिक्षकको नेतृत्वमा बुधबार रोङ गाउँपालिका–६ जौबारीमा अन्दाजी १२÷१३ सय बोट गाँजा सोही स्थानमा डढाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए । त्यसैगरी इलाम प्रहरीले माईजोगमाई गाउँपालिका–३ गुप्तीमा समेत गाँजाको बोटहरु नष्ट गरेको जनाइएको छ ।