Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

दार्चुला घटनाको प्रतिवेदन आएपछि सरकार जुनसुकै कदम चाल्न तयार छ : गृहमन्त्री

दार्चुला घटनाको प्रतिवेदन आएपछि सरकार जुनसुकै कदम चाल्न तयार छ : गृहमन्त्री

  • सन्देश सम्बाददाता
  • मंगलबार, साउन १९ २०७८


दार्चुला घटनाको प्रतिवेदन आएपछि सरकार जुनसुकै कदम चाल्न तयार छ : गृहमन्त्री

काठमाडौँ । महाकाली नदी पार गर्न राखिएको तुइनबाट दार्चुलाका जयसिंह धामी खसेर बेपत्ता भएको घटनाको प्रतिवेदन आएपछि सरकार जुनसुकै कदम चाल्न तयार रहेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन् । उनले सरकारले अहिले सत्यतथ्यमा आधारित प्रतिवेदन पर्खिरहेको बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा दार्चुला घटनाको सम्बन्धमा सांसदहरूले सोधेका प्रश्नको जवाफमा उनले भने, ुनागरिकको जीवन रक्षा गर्नु राज्यको मूल दायित्व हो । नागरिकको जीवन रक्षामा हामी गम्भीर छौं । बेपत्ताको छानबिन प्रतिवेदन पनि आएको छैन । प्रतिवेदन आएपछि छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि अन्तिम निष्कर्ष निस्किनेछ, उनले भने, तथ्य र सत्य पत्ता लगाएर प्रतिवेदन बनेपछि जे तथ्य हो त्यो सार्वजनिक गरिनेछ । त्यसमा पूर्ण अडान राखिनेछ । सत्य र तथ्यका आधारमा सरकार जुनसुकै कदम चाल्न पनि सरकार तयार छ ।

साउन १५ गते भएको घटनाको छानबिन गर्नका लागि गृहमन्त्रीस्तरीय निर्णयबाट समिति गठन गरिएको थियो । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक जिल्ला अधिकरी ज्योत्सना भट्ट जोशी रहेको ५ जनाको समिति गठन गरिएको थियो ।

छानबिन समितिले घटनाको स्थलगत निरीक्षण गर्ने र अनुसन्धान गर्ने गृहमन्त्री खाँणले जानकारी दिए । जयसिंह धामीसँगै तुइन तर्नेहरू र तर्न नसकेकाहरूसँग पनि समितिले सोधपुछ गर्ने र त्यसका आधारमा नै प्रतिवेदन तयार पार्ने गृहमन्त्रीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार