इलाम । इलामको सूर्योदय नगरपालिका ८ मालुममा रहेको रक्तकाली टि स्टेटमा आगलागि भएको छ । दिनेश माझीले संंचालन गरेकाे उद्योगमा अन्दाजी राती १२ बजेबाट आगालागी भएको हो ।
विद्युत चुहावटबाट आगालागि हुँदा उद्योगमा रहेको तयारी चिया, प्रशोधन गर्ने मेसिन र अन्य भौतिक पुर्वाधार गरी करिब ३ करोड बराबर क्षती भएको प्रहरीले जनाएकाे छ ।

आगलागी भएको करिब ४५ मिनेटपछि शसस्त्र प्रहरी बल विओपी पशुपतिनगरका प्रहरी निरिक्षक नविन खतिवडाको नेतृत्वमा शसस्त्र प्रहरी, प्रहरी चौकी फिक्कल, शसस्त्र बेस क्याम्प आइतबारेका शसस्त्र प्रहरी घटनास्थलमा पुगेका थिए ।
सुरक्षा निकाय, स्थानीय बासिन्दा र नगर प्रहरीले सूर्योदय नगरपालिकाको दमककलको सहयोगमा करिब साढे ५ घण्टापछि आगलागि नियन्त्रणमा लिएका छन् । आगलागीबाट मानविय क्षति नभएको जनाइएको छ ।