इलाम : इलाममा आज ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालयको अद्यावधिक विवरण अनुसार इलाम नगरपालिकामा २३ जना, माङसेबुङ गाउँपालिकामा २०,सूर्योदय नगरपालिकामा १६, माई नगरपालिकामा ८, देउमाई नगरपालिकामा ७, फाकफोकथुम गाउँपालिकामा २ जना संक्रमित रहेका छन् ।
रोङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा १/१ जनामा सङ्क्रमण देखिएको छ । जिल्लामा थप एक जनाको संक्रमणबाट मृत्यु भएको छ । जिल्लामा हालसम्म तीन हजार एक सय ३१ जनामा सङ्क्रमण देखिएको छ भने हालसम्म सक्रिय सङ्क्रमित आठ सय ९० जना रहेको छ । मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।