Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामकी सम्झनालाई ‘हाम्रो प्रतिभा आइडल–२०२१’ को उपाधि

इलामकी सम्झनालाई ‘हाम्रो प्रतिभा आइडल–२०२१’ को उपाधि

  • सन्देश सम्वाददाता
  • सोमबार, साउन ११ २०७८


इलामकी सम्झनालाई ‘हाम्रो प्रतिभा आइडल–२०२१’ को उपाधि

इलाम । हाम्रो प्रतिभा चौतारी द्वारा आयोजित ‘हाम्रो प्रतिभा आइडल–२०२१’ को उपाधि इलामकी सम्झना राईले जितेकी छन् । माई नगरपालिकाकी सम्झनाले ७९ जना प्रतिस्पर्धीलाई पन्छाउँदै उपाधि हात पारेकी हुन् । करिब दुई महिना अघि बाट अनलाइन गायन प्रतियोगितामा विभिन्न चरण हरू पार गर्दै ५ जना फाइनलमा पुगेका थिए ।

झापाकी तृष विष्ट, इलामका विजय भण्डारी, झापाका अर्पण उप्रेती साथै स्याङ्जाका विशाल रानाभाट दोस्रो, तेस्रो चौथो र पाँचौँ भएका छन । प्रतियोगीहरूलाई पुरस्कार स्वरुप नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा प्रमुख निर्णायकको भूमिका गायक तथा संगीतकार राज सागरले निभाएका थिए ।

जनवादी गायक प्रदिप देवान, गायिका माण्डवि त्रिपाठी, वरिष्ठ गायक तथा अभिनेता जयनन्द लामा, वरिष्ठ गायक लाक्पा शेर्पा, गायिका सुरक्षा सेन्चुरी, गायिका सिर्जु अधिकारी लगायत कलाकार हरूको हरेक साता उपस्थिति रहेको थियो । ग्रान्ड फिनालेमा गायक याम बराल, कमल खत्री साथै प्रमुख निर्णायक राज सागरको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण आशिष शाह ठकुरी र वर्षा भट्टले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार