Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामका किशोर वेष्ट पुलिस अफ दि मन्थ

इलामका किशोर वेष्ट पुलिस अफ दि मन्थ

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन ५ २०७८


इलामका किशोर वेष्ट पुलिस अफ दि मन्थ

इलाम । प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको बेष्ट पुलिस अफ दि मन्थ इलामका प्रहरी निरिक्षक किशोर तामाङलाई घोषित गरेको छ । अपराध अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत तामाङले विभागीय मुल्य मान्यता र निर्देशन अनुसार कर्तव्यनिष्ठ भई जघन्य अपराधमा संलग्न फरार व्यक्तिहरुलाई अनुसन्धान गरि पक्राउ र कार्वाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै पुलिस अफ दि मन्थ घोषणा गरिएको हो ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार