Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

निर्वाचन आयोगले भन्यो प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक

निर्वाचन आयोगले भन्यो प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक

  • सन्देश सम्वाददाता
  • आइतबार, असार २७ २०७८


निर्वाचन आयोगले भन्यो प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक

काठमाडौं : निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ। आइतबार बसेको आयोगको बैठकले दर्ता भएका निवेदन र दाबी दुवैलाई खारेज गरी वैधानिक रहेको ठहर गरेको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले  भने, ‘दर्ता भएको निवेदन आजको बैठकले खारेज गरेर प्रचण्ड नेतृत्‍वको माओवादी केन्द्रलाई वैधानिक रहेको निर्णय गरेको छु उनले अगाडि थपे, ‘ऐन कानुनलाई टेकेर निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो।’

नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलगायतका नेताहरूले अध्यक्ष प्रचण्ड नेतृत्‍वको माओवादी केन्द्र अवैधानिक रहेको भन्दै उजुरी दर्ता गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार