Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

औषधी व्यवसायीको स्थापना दिवसमा फ्रन्टलाइनमा खटिनेलाई स्वास्थ्य सामाग्री

औषधी व्यवसायीको स्थापना दिवसमा फ्रन्टलाइनमा खटिनेलाई स्वास्थ्य सामाग्री

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार १० २०७८


औषधी व्यवसायीको स्थापना दिवसमा फ्रन्टलाइनमा खटिनेलाई स्वास्थ्य सामाग्री

फिक्कल । नेपाल औषधी व्यवसायी संघको ४८ औ स्थापना दिवसको अवसरमा सूर्योदय नगरपालिकामा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी र संचारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । कोभिडको जोखिम मोलेर जनताको जिउधनको सुरक्षामा खटिने प्रहरी प्रशासन र सुचना मार्फत जागरुक गराउने संचारकर्मीहरुलाई मास्क, सेनिटाइजर लगायतको सामाग्री प्रदान गरिएको हो ।

फिक्कल चोक बजारमा कार्यक्रम गर्दै संघले नगर क्षेत्रमा रहेका मिडियाका प्रतिनिधि तथा शसस्त्र प्रहरी, ट्राफिक र प्रहरीलाई सामाग्री प्रदान गरेका हुन् । संघका उप–कोषाध्यक्ष अमृत सापकोटा, उपाध्यक्ष राजु बराल लगायतले स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

सोही अवसरमा औषधी व्यवसायी जीवनकुमार सापकोटालाई सम्मान गरिएको छ । २०५१ साल देखि औषधी व्यवसायमा संलग्न वडा नं ८ छिपिटारका सापकोटालाई योगदानको कदर गर्दै सम्मानपत्रले सम्मानित गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार