इलाम । इलामे सर्जक सन्तोष राजलवटको शब्द रहेको “ज्यानै ढले ढलोस् देशको शिर नढलोस्” बोलको राष्ट्रिय गित सार्वजनिक भएको छ । जगदिश समालको स्वरमा रहेको गीत सृजना सम्पर्ण नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । संगीत र संगीत संयोजन बलराम समालको रहेको छ । राजलवटको रेकर्ड भएको यो पहिलो राष्ट्रिय गीत हो ।
राष्ट्रियताले ओतप्रोत भएको गीत राजलवटलले जन्मदिनको अवसरमा सार्वजनिक गरेका हुन् । इलामकै बासिन्दा समेत रहेको गायक जगदिश हाल अमेरिकामा रहेका छन् । उनले गीत अमेरिकामा नै रेकर्ड गरेर पठाएको राजलवटले जानकारी दिए ।