फिक्कल । सूर्योदय नगरपालिका–१० आहालेका देवन्द्र (देबु ) राई र रविन चन्द्र राईले कोरोना भाइरस रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । हेल्थ इन्भारोमेन्ट एन्ड क्लाइमेन्ट एक्सन फाउन्डेसनमा कार्यरत उनीरुले सो संस्था मार्फत सूर्योदय नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् ।
कोभिड रोकथामको लागि आवश्यक पिपिई १ सय थान, फेस सिल्ड ५० थान, गगल्स ५० थान, फेस मास्क ५० थान, सर्जिकल मास्क १ हजार थान र मेडिकल क्याप ५० थान उपलब्ध गराएका हुन् । स्वास्थ्य सामाग्री समन्वयकारी भुमिका खेलेका कुनाल राईले नगर प्रमुख रणबहादुर राईलाई हस्तान्तरण गरे ।