फिक्कल : सुर्योदय नगरपालिकाको १४ वटै वडाहरु समेटी ‘हामी सुर्योदयका युवा’ नामक सञ्जाल गठन भएको छ। कोरोनाको जोखिमका बिच भर्चुअल माध्यमबाट समितीलाई पुर्णता दिइएको छ । २१ जनाको संचालक समिती रहेको युवा समुहको अध्यक्षमा चेतन अधिकारी चयन भएका छन् ।
उपाध्यक्षमा धड्कन शर्मा, महिला उपाध्यक्षमा प्रिया राई, सचिब भुषित दाहाल, सह सचिवद्धय बिनिता गजमेर र प्रमोद सापकोटा तथा कोषाध्यक्षमा अर्चन ढुंगाना रहेका छन। यस्तै गरि ३ सदस्य, संयोजक र सह संयोजक गरि ५ जनाको १२ वटा कमिटीहरु संचालक समितिको मातहतमा रहने गरी गठन गरिएको छ ।
‘शिक्षा तथा तालिम समितिको संयोजकमा सागर ढुंगाना, प्रचारप्रसार समितिको संयोजकमा राजकुमार दहाल, खोज तथा अनुसन्धान समितिको संयोजकमा अर्चन ढुंगाना, खेलकुद बिकास समितिको संयोजकमा बिनिता गजमेरलाई जिम्मेवारी दिइएको छ ।
स्वास्थ समिति संयोजकमा निपेश नेपाल, आर्थिक बिकास समिती संयोजकमा उमेश ढुङ्गेल,युवा सरोकार समिती संयोजकमा भुषित दहाल, कृषि तथा पशु बिकास समिती संयोजकमा लक्षुमण अर्याल, विपत ब्यवस्थापन समिती संयोजकमा सबिन अधिकारी , पर्यटन प्रवर्द्धन समिती संयोजकमा धड्कन शर्मा, पुरातात्त्विक सम्पदा संरक्षण समिती संयोजकमा अमृत कट्वाल,वन वनस्पति संरक्षण समिती संयोजकमा सविन ढुंगाना रहेका छन् ।
समितिलाई पुर्णता दिने उदेश्यले आयोजना गरिएको बैठकमा जुम मार्फत उपस्थिति जनाउन नसकेका सम्पुर्ण युवाहरुको राय सल्लाह सुझावलाई ग्रुप च्याट मार्फत समेटिएको थियो। सबै वडाका करिब ६० जना युवाहरु उपस्थित भएको उक्त बैठकमा अन्य विविध बिषयमा छलफल गरि भावि दिनहरुमा एकताका साथ जुटेर युवाहरुको भुमिकालाई समाज सुधारका पक्षमा लगाउने संकल्प गरिएको छ ।