इलाम । इलामका दुई गाउँपालिकाका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । आज बि एण्ड बी फाउण्डेसनले इलामको फाकफोकथुम गाउँपालिका–५ र माङसेबुङ–१ का स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

सर्वशान्ति बुद्दबिहार (बि एण्ड बी )फाउण्डेसनका संयोजक अर्जुन भन्ते मगरको पहलमा फाकफोकथुम–५ लुम्दे र माङसेबुङ–१ नाङरुङ निवासी हाल युकेमा बस्दा आएका बिभिन्न दाताहरूको सहयोगमा उक्त सामाग्रीहरू हस्तान्तरण गरेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै मास्क, थर्मोमिटर,अक्सोमिटर, ग्लोब्स, भिटामिन सी, सेनिटाइजर, साबुन, थर्मलगन लगायतका सामाग्रीहरू वडाध्यक्ष सिद्धमान आले र भक्तराज लिम्बुलाई हस्तान्तरण गरिएको छ ।

आफुहरू विदेशमा रहेर पनि कोरोना महामारीको यो विषम परिस्थितिमा आफ्नो गाउँमा स्वास्थ्य सामाग्रीको अभावलाई थोरै भएपनि परिपुर्ति गर्ने उद्धेश्य राखिएको दातामध्येका गन्ज आलेले बताए । स्वास्थ्य सामाग्री ग्रहण गर्दै वडाअध्यक्षद्वयले सम्पुर्ण दाताहरू र बि एण्ड बी फाउण्डेसनलाई धन्यबाद दिए ।

हस्तान्तरण कार्यक्रममा फाकफोकथुम गाउँपालिका–५ का वडाअध्यक्ष सिद्दमान आले ,माङसेबुङ–१ का वडाअध्यक्ष भक्तराज लिम्बू, प्रहरी इन्चार्ज चन्द्रेश्वर मण्डल, सम्बन्धित वडाका जनप्रतिनिधिहरू,स्वास्थ्यकर्मीहरू र सन्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।