Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा कभर्ड निर्माणको लागि गाउँपालिका अध्यक्ष सहित ३ जनाले जग्गादान

सन्दकपुरमा कभर्ड निर्माणको लागि गाउँपालिका अध्यक्ष सहित ३ जनाले जग्गादान

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ २९ २०७८


सन्दकपुरमा कभर्ड निर्माणको लागि गाउँपालिका अध्यक्ष सहित ३ जनाले जग्गादान

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–३ देउरालीमा निर्माण हुन लागेको कभर्डहल निर्माणको लागि गाउँपालिका अध्यक्ष उदय राई सहित ३ जनाले जग्गादान गरेका छन् । गाउँपालिकाको केन्द्र रहेको बजारमा गाउँपालिका अध्यक्ष उदयबहादुर राई र स्थानीय जगदमान राईले साढे ६ आना जग्गा कभर्डहल निर्माणको लागि दान गरेका हुन् ।

त्यसैगरी वडा नं २ का वडाध्यक्ष एवम गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले दुई आना जग्गा दान गरेका छन् । जग्गाको चलनचल्ती मुल्य प्रति रोपनी ८ लाख रुपैया रहेको छ । जग्गादान कार्यक्रममा देउराली बजार व्यवस्थापन समितिका अध्यक्ष धनप्रकाश राई, देउराली स्र्पोटिङ क्लबका अध्यक्ष लिला बुर्जा मगर, समाजसेवी जिवन शिवा लगायतको उपस्थिती रहेको पत्रकार युवराज पौडेल (पिसि) ले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार