Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

दाउ प्रहार गरी इलाममा श्रीमतीको हत्या

दाउ प्रहार गरी इलाममा श्रीमतीको हत्या

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ २८ २०७८


दाउ प्रहार गरी इलाममा श्रीमतीको हत्या

इलाम । इलामको देउमाई नगरपालिका–४ चित्रेका ताकबहादुर तामाङले धारिलो हतियार (दाउ) प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । भोजपुरको ओख्रे घर भइ विगत एक बर्ष देखि इलाम बस्दै आएका तामाङले ४६ बर्षिया श्रीमती ताकमाया तामाङको हत्या गरेका हुन् ।

घरायसी विवादको कारण दाउले घाँटी काटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । हत्याका आरोपी तामाङलाई ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डको टालीले तत्काल पक्राउ गरेको छ । प्रहरीले हत्यामा प्रयोग गरेको धारिलो हतियार सहित नियन्त्रणमा लिई अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी लालध्वज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार