Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

कोरोना संक्रमणबाट सोयाङमा एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट सोयाङमा एक महिलाको मृत्यु

  • रोशन काफ्ले
  • शुक्रबार, जेष्ठ २८ २०७८


कोरोना संक्रमणबाट सोयाङमा एक महिलाको मृत्यु

नयाँबजार । माईजोगमाई गाउँपालिका–५ मा कोरोनाको संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६१ बर्षिय महिला रहेकी छन् । मृतक बाहेक उनको परिवारका श्रीमान, २ छोरा र १ बुहारीमा कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएपछि गाउँपालिकाले गत जेठ २४ गते एन्टिजेन टेस्ट गर्दा सबैको रिर्पोट पोजेटिभ आएको थियो ।

परिवारका अन्य सदस्यले घरमा ती महिला रहेको जानकारी नदिए पछि परिवारका ४ सदस्यको मात्र एन्टिजेन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए । उनले संक्रमणबाट मृत्यु भएपछि मात्र घरमा भएको थाहा पाएको देवले बताए । ‘महिला छन भन्ने जानकारी नभएका कारण हामिले टेस्ट गरेका थिएनौ । जब मृत्यु भयो अनि मात्र जानकारी पायौ । ’ देवले भने ।

यता वडाध्यक्ष दाताराम सन्जेलले सामान्य लक्षण देखिएका कारण ४ जनाको टेस्ट गरिएको सञ्जेलले बताए । मृतक महिला विगत लामो समय देखि नै दिर्घरोगी रहेका कारण कोरोना टेस्ट नगरिएको सञ्जेलले बताए । परिवारका अन्य सदस्यमा पनि कोरोना पोजेटिभ देखिएका कारण मृतकका छोराहरुले मात्र दाहसंस्कार गर्ने उनले बताए ।

‘ अरुको स्वास्थ्यमा खराबी नआओस भन्नका लागि छोराबुहारीलाई समेत जुठो नबार्न भनेका छौ । उनीहरु समेत सहमत छन् ’ सञ्जेलले भने ‘ संक्रमण फैलन नदिन बाहिरबाट आफन्तहरुलाई समेत आउनका लागि रोक लगाएका छौ ।’ यो संगै माईजोगमाईमा संक्रमणबाट मृत्यु हुनको संख्या २ पुगेको छ ।

यसअघि बैशाख २८ गते संक्रमणको कारण सोही वडामा ९४ बर्षिय जेष्ठ नागरिकको समेत मृत्यु भइसकेको छ । संक्रमणको दर बढ्दै जान थालेपछि अहिले गाउँपालिकाले उच्च सतर्कता अपनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार