नयाँबजार । इलामको बाहिर बस्दै आएका माईजोगमाई गाउँपालिका–२ का ५ जनाले जोगमाई स्वास्थ्य चौकीलाई ७५ हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । काठमाण्डौ बस्दै आएका जोगमाईका पेम्बा शेर्पा, शक्ति योन्जन, भारती राई, मिनु शेर्पा र मिङ्ग्मा शेर्पाले व्यक्तिगत रुपमा नगद ७५ हजार ५ सय ८० बराबरको स्वास्थ सामग्री स्वास्थ चौकिलाई हस्तान्तरण गरेका हुन ।
भिटामिन जिङ्क, सर्जिकल मास्क, अक्सिमिटर लगायतका सामाग्रीहरु रहेका छन् । स्वास्थ्य सामाग्री एक कार्यक्रमका बिच वडाध्यक्ष डम्बरबहादुर सुवेदी र स्वास्थ्य शाखा प्रमुख देवेन्द्र थेवेलाई शक्ति योजनाले हस्तान्तरण गरेको स्थानीय प्रदिप खड्काले जानकारी दिए ।