Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

जङगली च्याउ खाएर इलाममा २ जनाको ज्यान गयो

जङगली च्याउ खाएर इलाममा २ जनाको ज्यान गयो

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ २५ २०७८


जङगली च्याउ खाएर इलाममा २ जनाको ज्यान गयो

इलाम । जङगली च्याउ खाएर इलाममा दुईजनाको ज्यान गएको छ । गत २२ गते च्याउ खाएर बिरामी परेका ४ जना मध्ये सन्दकपुर गाँउपालिका–१ खोलाघारीका ५० बर्षीय टिका बहादुर राई र सोहि स्थानका ५२ बर्षीय जित बहादुर राईको उपचारकै क्रममा झापाको बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

च्याउ खादा इलाम नगरपालिका ३ पुवामझुवाका ३५ बर्षीय बिरमान राई उनकी श्रीमती ३२ बर्षीय बिष्णु कुमारी राई समेत बिरामि भई बिएण्डसीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार