इलाम । माङसेबुङ गाउँपालिका वडा नं ४ मार्चेबुङ सिङफेदीमा सोमबार एक वेवारिसे शव फेला परेको छ । अन्दाजी ६५–७० वर्षकी तराईमुलको जस्तो देखिने महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी दमक अस्पताल झापाको शव गृशमा राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
केही सयमअघिदेखि गाउँमै मागी खाँदै हिडिरहेको र सुस्त मनस्थिति जस्तो देखिएको उनी कहाँको हो भन्ने परिचय खुल्न सकेको छैन । महिलाको आफन्त तथा निज महिलालाई चिन्ने ब्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय इलामको फोन नं १००, ९८५२६९००३० र ९८५२६८०७१० तथा ईलाका प्रहरी कार्यालय मंगलबारेको फोन नं ०२७(२०००३४, ९८५२६९००२४ सम्पर्क गर्न अनुरोध गरेको छ ।