Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सन्दकपूर गाउँपालिकाद्धारा सुर्योदय नगरपालिकालाई ५० हजार बिरुवा प्रदान

सन्दकपूर गाउँपालिकाद्धारा सुर्योदय नगरपालिकालाई ५० हजार बिरुवा प्रदान

  • सन्देश सम्बाददाता
  • सोमबार, जेष्ठ २४ २०७८


सन्दकपूर गाउँपालिकाद्धारा सुर्योदय नगरपालिकालाई ५० हजार बिरुवा प्रदान

सन्दकपूर । इलामको सन्दकपूर गाउँपालिकाले सुर्योदय नगरपालिका भित्र वृक्षारोपणका लागि ५० हजार बिरुवा प्रदान गर्ने भएको छ । सन्दकपूर गाउँपालिका २ हात्तिखावाको नर्सरीमा हुर्काएका विरुवा सूर्योदय नगरपालिकालाई निःसुल्क हस्तान्तरण गर्ने गाउँपालिका अध्यक्ष उदय राईले बताए ।
सूर्योदय नगरपालिकाको हावापानीमा रोपण गर्न मिल्ने चाँप कटुस, लौठसल्ला, बान्टे, बज्राठ जातका विरुवा हस्तान्तरण गरिनेछ । सोमबार सन्दकपूरबाट २ हजार १ सय बिरुवा सुर्योदय नगरपालिका ८ अध्यक्ष सुवास राई र १ का अध्यक्ष राजकुमार सेरेङ्ग को टोलीलाई प्रदान गरिएको थियो । बाँकी बिरुवा चाँडै हस्तान्तरण हुने सन्दकपूर गाउँपालिकाले जनाएको छ ।
सूर्योदय नगरपालिकाले हरित नगर बनाउन वृक्षारोपणको कार्यक्रमलाई प्राथमिकता राखेको छ । सीमसार नदी, खोलाको मुहान क्षेत्र रहेको सन्दकपूर गाउँपालिकाले सरकारी र विद्युत आयोजनाबाट श्रोत संकलन गरि स्थानीय प्रजातिका बिरुवाहरुको नर्सरी गरि वृक्षारोपण गर्दै आएको छ । नर्सरीमा उत्पादन गरिएको बिरुवा अन्य स्थानीय तहलाई पनि निःसुल्क हस्तान्तरण हुने सन्दकपूर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार