कनकाई । झापाको कनकाई नगरपालिका ३ की सुधा दर्जीको ३१ बर्षको लाउलाउ खाउ खाउकै उमेरमा आफ्नो दुबैवटा मिगौला बिग्रिएपछि आफ्नो जीवन बचाईदिन सबैसग अनुरोध गरेकी छिन । आर्थिक अवस्था कमजोर भएकी कनकाई–३ रेडक्रस टोलकी दर्जीको २ महिना पहिले मात्रै नोबेल अस्पताल बिराटनगरले दुबै मृगौला बिग्रिएको र कहि महिना डाइलोसिस गर्नुपर्ने बताएको थियो । रिकभर भएन भने मृगौला फेर्नुपने बताएको सुधाका श्रीमान प्रकाश दर्जीले बताए ।
कोरोना महामारीका कारण उपचार डाइलेसिसका लागि भद्रपुरस्थित ओमसाई अस्पतालमा जादा पालो कुर्नुपर्ने भन्दै एक पटकको ८ हजार लिने गरेको पिडितका जेठाजु प्रेम दर्जीले बताए। ‘हामीसँग भद्रपुरसम्म जाने आउने पनि पैसा हुँदैन सम्पत्तिका नाममा सानो घर र १० धुर जमिन छ ।’ सुधाले भनिन् ‘हप्तामा २ पटक अनिवार्य डाइलोसिस गर्नुपरेको छ र भद्रपुर सम्म जान आउन अटोरिक्सा भाडा र हरेक पल्ट डाइलोसिसको चर्को शुल्क बुझाउन नसक्दा महामारीकै वेला आफुले कलिलै उमेरमा ज्यान गुमाउनु पर्ला कि भन्ने पिर छ ।’
महामारीकै वेला स्थानीय छिमेकीले ४५ हजार रुपैँया चन्दा संकलन गरेर दिएकोमा त्यो रकम पनि भद्रपुरसम्मको भाडा र डाइलोसिस गर्दा दिँदा दिदै सकिएको पिडितको श्रीमान प्रकाशले बताए । ‘हामीले सुनेका थियौ डाइलेसिस निःशुल्क हुन्छ रे तर हामी गरिवका लागि त निशुल्क होइन रहेछ । ’ उनले भने ‘ पटक पटक नगरपालिका र स्वास्थ्यको सिफारिस लिएर जाँदा पनि तिम्रो पालो आएपछि बोलाउँछौ भन्छन पैसा तिर्दा तुरुन्त हुन्छ । सहयोग माग्न घरघर जाँदा पनि कोरोनामा किन हिडेको भनेर प्रहरीले हप्की दप्की गर्छन हामी गरिबले कसरी हो बाच्ने’
केहि बर्ष पहिले रोजगारीका लागि साउदी अरबको मरुभुमिमा पुगेका प्रकाश भेडा चराउने कठिन काममा पुगे घरपरिवारसँग पनि लामो सम्पर्क हुन नपाएपछि एक बर्षपनि पूरा नबस्दै नेपाल फर्केका हुन । हाल बजारमा जुत्ता सिलाएर परिवारको जिविकोपार्जन गर्दै आएको दर्जी परिवार हाल लकडाउनले गर्दा जुत्ता सिलाउन बजारमा जान नपाएको महिनौ बितिसकेको छ । यसविचमा २ महिनादेखि श्रीमतीको डाइलोसिसको खर्च थपिएपछि सहयोगीहरुको सहयोग नपाए मृत्यु कुर्न बाध्य छ ।
पिडित परिवारले आफुहरुलाई सरकारले दिएको निःशुल्क डाइलेसिसको सुविधा दिलाउन र जीवन बचाउनका लागि आर्थिक सहयोग गर्न सबैसँग अनुरोध गरेको छ । सहयोग गर्न चाहनेहरुले सुधाका जेठाजु प्रेम दर्जीको मोवाइल नम्बर ९८१५९७४१३८ मा सम्पर्क राखिदिनुहुन समेत अनुरोध गरेको छ ।