इलाम । इलामेहरुको पीडामा मल्हम पट्टी अभियान अन्तर्गत आईतवार माई नगरपालिकालाई एक थान ईसीजी मेसिन हस्तान्तरण गरिएको छ ।स्था नीय सहयोग कार्यक्रम अन्तरगत एक कार्यक्रमका बिच माई नगर अस्पताललाई एक थान ईसीजी मेसिन प्रदान गरिएको हो। करिव एकलाख मुल्य बराबरको ईसिजी मेसिन रेडक्रस दानाबारीका पूर्वसभापति कृष्ण खाकीले माईका नगर प्रमुख दिपक कुमार थेवेलाई हस्तान्तरण गरे ।
हस्तान्तरण कार्यक्रममा उपप्रमुख बिष्णुमाया आचार्य, प्रमुख प्रशासकिय अधिकृत बिष्णु कुमार थेगुवा, स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल, दानाबारी रेडक्रस सभापति मित्र प्रसाद गौतम लगायतको सहभागिता रहेको थियो । मलम पट्टी कार्यक्रम अन्तरगत मास्क, सेनिटाईजर, थर्मल गन, अक्सिमिटर लगायतका सामाग्री प्रदान गरेको जनाईएको छ ।
बिश्ब भर रहेका प्रवासी नेपालीले पठाएको सहयोग बाट इलाम उद्योग वाणिज्य, नेपाल रेडक्रस सोसाईटी ईलाम , नेपाल पत्रकार महासंघ इलाम , सामाजिक व्याक्तित्व निरोज खड्गी, रतन अग्रवाल लगायतको टिमले सहयोग प्रदान गरेको हो । अभियान अन्तर्गत जिल्लाका ९ स्थानीय तहका स्वास्थ्य कार्यालयलाई १ लाख ४० हजारका दरले तथा जिल्ला अस्पताल ईलामलाई ६ लाख मुल्य बराबरको सामाग्री सहयोग गरिएको छ ।