Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्री स्थिर भएर सरकार स्थिर नहुँदो रहेछ : झलनाथ खनाल

प्रधानमन्त्री स्थिर भएर सरकार स्थिर नहुँदो रहेछ : झलनाथ खनाल

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ २२ २०७८


प्रधानमन्त्री स्थिर भएर सरकार स्थिर नहुँदो रहेछ : झलनाथ खनाल

इलाम । पुर्व प्रधानमन्त्री एवम इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनालले प्रधानमन्त्री स्थिर भएपनि सरकार स्थिर नभएको बताएका छन् । सूर्योदय नगरपालिकाको ०७८÷७९ मा सञ्चालन र कार्यान्वयन हुने निति तथा कार्यक्रम छलफल विषयको प्रमुख अतिथीको रुपमा भर्चुअल सहभागी हुँदै खनालले भने ‘३ बर्षमा १८ पटक मन्त्री मण्डल पुर्नगठन भयो । प्रधानमन्त्री स्थिर भएर सरकार स्थिर नहुँदो रहेछ । मन्त्री सचिव फेरिएका फेरिएकै छन् । सरकार ३ बर्षमा गतिशिल र अग्रगमन ढंगले अघि बढ्न सकेन् ’

खनालले स्थानीय सरकारको विकास गर्न मुख्य ५ वटा बिषयमा ध्यान पु¥याउनुपर्ने बताए । उनले आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, वन र वातावरण, पुर्वाधारका क्षेत्र र सुशासनको क्षेत्रलाई समन्वय गरेर अघि बढ्न सक्दा समग्र विकास सम्भव हुने बताए । सरकार अहिले कोरोनाको जोखिम न्युनिकरण गर्नुपर्ने बेलामा चुनाव घोषणा गर्नुको औचित्य नहुने बताए ।

‘ महामारीको बेला प्रधानमन्त्री चुनावको घोषणा गरेर फुरफुर गर्दैछन् कसलाई चुनाव गराउँछन्, कसले भोट हाल्छ मलाई थाहा छैन् ।’ खनालले भने ‘ अहिलेको मुख्य आवश्यकता भनेको स्वास्थ्य सुरक्षा नै हो ।’ उनले अहिलेको अवस्थामा जनप्रतिनिधि जनताप्रति उतरदायी भएर सेवामा खटिनुका साथै उच्च मनोबल बनाएर अघि बढ्न आग्रह गरे ।

खनालले विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको मापदण्ड पुरा गर्न आग्रह गरेका छन् । अहिले सवैभन्दा ठुलो कार्यभार रहेको कोभिड नियन्त्रण रहेको खनालले बताए । उनले कोरोनाको कहरको अवस्थामा कसै कसैमा रुघा खोकी जस्ता समस्या देखिता पनि आत्मबल दरो बनाउँदा संक्रमणबाट मुक्त हुन सकिने सुझाव दिए । उनले कोरोना संक्रमणबाट मृत्यु हुनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार