Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

महतोको विखण्डन आन्दोलन ओलीले थाहा नपाएको सुन्दा​ चकित छु : वामदेव

महतोको विखण्डन आन्दोलन ओलीले थाहा नपाएको सुन्दा​ चकित छु : वामदेव

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ २२ २०७८


महतोको विखण्डन आन्दोलन ओलीले थाहा नपाएको सुन्दा​ चकित छु : वामदेव

इलाम । नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं जसपा नेता राजेन्द्र महतोको मुक्ति आन्दोलनबारे अनविज्ञता प्रकट गरेको सुन्दा आफू आश्चर्यचकित भएको उल्लेख गरेका छन् । उपप्रधानमन्त्रीको सपथग्रहण गरेको आधा घण्टा नबित्दै महतोले अहिले पनि नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने आन्दोलनमा रहेको भन्ने अभिव्यक्ति दिएको भन्दै गौतमले आफू दुखी भएको उल्लेख गरेका हुन्।

‘संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ, अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो।’

फेसबुकमार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै नेता गौतमले लेखेका छन्, ‘ राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ ।’

https://www.facebook.com/BamdevGautam.com.np/posts/4194503810607173

प्रतिक्रिया
सम्बन्धित समाचार