Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

उपप्रधानमन्त्री महतोलाई ठाकुर गैरेको चेतावनी-‘देशलाई बिभाजन गर्ने उद्देश्य पुरा हुन दिइने छैन’

उपप्रधानमन्त्री महतोलाई ठाकुर गैरेको चेतावनी-‘देशलाई बिभाजन गर्ने उद्देश्य पुरा हुन दिइने छैन’

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ २२ २०७८


उपप्रधानमन्त्री महतोलाई ठाकुर गैरेको चेतावनी-‘देशलाई बिभाजन गर्ने उद्देश्य पुरा हुन दिइने छैन’

इलाम । नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुल राष्ट्रिय राज्यका रुपमा अघि लैजाने अभिव्यक्ति दिएपछि एमाले नेता ठाकुर गैरले देशलाई बिभाजन गर्ने उद्देश्य पुरा हुन नदिने चेतावनी दिएका छन् । महतोले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समुहबाट सरकारमा सहभागि हूँदै पार्टीको मुल लक्ष्य नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य भएको बताएपछि गैरले विभाजनको विरुद्धमा रहेको बताएका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् । ‘बिडम्बना ! अस्विकृत भैइसकेको बहु राष्ट्रिय राज्यको विषय आज नियुक्त हुनु भएका उपप्रधानमन्त्रीले फेरि बहसमा ल्याउनु भएछ । देशलाई बिभाजन गर्ने उद्देश्य पुरा हुन दिइने छैन।’ मन्त्री महतोले सरकारमा सहभागी हुँदै भनेका थिए ‘हाम्रा सामु दुईवटा कार्यभार छन् । एजेण्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।’

https://www.facebook.com/thakurgaire/posts/10223283405446158

महतोको नेतृत्वमा जसपार्का एक समुह एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारमा १० जनाको टोलीसहित सहभागी भएको छ । वरिष्ठ नेता महतोको नेतृत्वमा उप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री गरी १० जनाको टोली ओली सरकारमा सहभागी भएका छन् । जसपा नेतृत्व सत्ता समीकरणमा विभाजित हुँदा पार्टी पनि विभाजनको डिलमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार