Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेपालमा खेती हुने ५ जातका अलैचीको सुचिकृत

नेपालमा खेती हुने ५ जातका अलैचीको सुचिकृत

  • सुजन तिमल्सिना
  • शुक्रबार, जेष्ठ २१ २०७८


नेपालमा खेती हुने ५ जातका अलैचीको सुचिकृत

इलाम । नेपालमा खेती हुने १४ जातका अलैंचीमध्ये ५ वटा जातको अनुसन्धान गरि सुचिकत भएका छन् । कृषि अनुसन्धान परिषद् र अलैची विकास केन्द्रले तीन वर्षदेखि गरिएको अध्ययनबाट ५ प्रजातीका नेपाली बगानमा खेती गरिने अलैंचीको वर्गीकरण गर्दै आधिकारिकताको पुष्टि गरेको हो ।
नेपाल सरकारको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले ५ जातका अलैचीको आधिकारिकता सुचिकृत गरेसँगै नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा आफ्नो लोगो प्रयोग गरि अलैची निर्यात गर्न सक्नेछ । नेपालमा लामो समयदेखि रैथाने जातका अलैंचीको खेती गरिए पनि टेडमार्कको रुपमा दर्ता भएको थिएन ।
नेपालमा खेती हुने १४ जातका अलैंचीमध्ये ५ वटा जातको अनुसन्धान गरि सुचिकत भएका हुन् । कृषि अनुसन्धान परिषद् र अलैची विकास केन्द्रले चार वर्षदेखि गरिएको अध्ययनबाट ५ प्रजातीका नेपाली बगानमा खेती गरिने अलैंचीको वर्गीकरण गर्दै आधिकारिकताको पुष्टि गरेपछि अलैची खेती गर्ने किसानहरु पनि खुशि भएका छन् ।
कृषि सचिवको अध्यक्षतामा रहेको बीउ बिजन उन्मोचन समितिको बैठकले अनुसन्धानबाट प्रमाणित भएका रामसाई, गोलसाइ, डम्बरसाई भार्लाङ र जिर्मले जातका अलैचिका जातको अनुमोदन गरेको हो । नेपालबाटै खेती गरिएका पाँच जातको दर्ता भएको र अन्य जात चरणबद्ध रूपमा क्लोन दर्ताका लागि सिफारिस गर्ने अलैची विकास केन्द्रका प्रमुख भिष्मकान्त घिमिरेले बताए ।
रामसाई जातको अलैैंची विसं १८ सय ५० मा नेपालबाट खेती शुरु भएको थियो । प्रतिरोपनी ३१ किलो उत्पादन हुने यो अलैंची अहिले छ हजार हेक्टरमा खेती हुने गरेको छ । अर्को जात भार्लाङ्गे पनि विशेष गरी इलामको प्याङ, जमुना, माबु र गोर्खेबाट खेती सुरु भएको थियो । प्रतिरोपनी ४५ किलो उत्पादन हुने यो जातको अलैंची तीन हजार हेक्टर जमिनमा खेती भइरहेको छ ।
१८ सय ५० देखिनै खेती शुरु भएको गोलसाई जातको अलैंची समुद्री सतहदेखि एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइसम्म खेती हुँदै आएको छ । प्रतिरोपनी ३५ किलो उत्पादन हुने यो अलैंची ५९ हजार हेक्टरमा खेती भइरहेको छ ।
एक सय ७० वर्षअघि शुरु गरिएकोे अर्को जात डम्बरसाई प्रतिरोपनी ३५ किलोका दरले उत्पादन दिन्छ । जिर्मले जात इलामको जिर्मलेबाट खेती शुरु भएको हो । १५ प्रजातीको अलैचीको खेती हुने नेपालमा रैथाने रुपमा रोपिएका ५ प्रजातिको सुचिकृत भएपछि ट्रेडमार्क अन्य देशले दाबी गर्न मिल्दैन ।
जात पहिचानका लागि कृषि विकास मन्त्रालयका महानिर्देशकको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो  ।

प्रतिक्रिया
सम्बन्धित समाचार