Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

राष्‍ट्रिय सभा उपनिर्वाचन : लुम्‍बिनीमा विपक्षी गठबन्धनका उम्मेदवार पाण्डे विजयी

राष्‍ट्रिय सभा उपनिर्वाचन : लुम्‍बिनीमा विपक्षी गठबन्धनका उम्मेदवार पाण्डे विजयी

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ १७ २०७८


राष्‍ट्रिय सभा उपनिर्वाचन : लुम्‍बिनीमा विपक्षी गठबन्धनका उम्मेदवार पाण्डे विजयी

बुटबल। लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरे । पाण्डेले स्थानीय तहतर्फ १ सय १८ र प्रदेशसभा तर्फ ४२ मत प्राप्त गरे । यस अघि एमालेका प्रदेश सांसद रहेका पाण्डे राजीनामा दिएर काँग्रेस प्रवेश गरेका थिए । अन्ततः उनको बिजयले राम बहादुर थापाको बेला जस्तै ओली समुहलाई पुनः धक्का लागेको छ ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रबहादुर खड्काले स्थानीय तहतर्फ ९३ र प्रदेशसभा तर्फ ४० मत प्राप्त गरे । प्रदेश सभातर्फ एक मत बदर भएको थियो।  विजयी भएको घोषणा भने हुन बाँकी छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मत खसेको थियो । बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउपालिकाका अध्यक्ष अशोक थापाले मतदान गरेनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार