Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका-११ पुर्ण रुपमा सिल

सूर्योदय नगरपालिका-११ पुर्ण रुपमा सिल

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ १७ २०७८


सूर्योदय नगरपालिका-११ पुर्ण रुपमा सिल

फिक्कल ।  कोभिडको उच्च जोखिम देखिएपछि सूर्योदय नगरपालिकाको वडा नं ११ पुर्ण रुपमा सिल गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलले एक सुचना जारी गर्दै जेठ १६ गते साँझ ६ बजेबाट अनिश्चितकालको लागि वडा सिल गरिएको जानकारी दिए । आइतबार मात्रै सो वडामा १ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

पछिल्लो समय नगरले एन्टिजेन मार्फत परिक्षणको दायरा बढासंगै संक्रमितहरुको संख्या समेत उच्च देखिन थालेको छ । आइतबार गरिएको एन्टिजेन परिक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको छ । नगरले वडा नं ११ र वडा नं ४ का ११२ जनामा परिक्षण गरेको हो । जसमा १३ जना पुरुष र १२ जना महिला रहेका छन् । वडा नं ११ मा मात्रै १८ जनामा संक्रमण देखिएको हो ।

११ नम्बरको सुन्तले टोलमा ४३ जनामा गरिएको परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको छ । केराबारीमा ३१ जनामा गरिएको परिक्षणमा ४ जनामा कोभिडको संक्रमण देखिएको नगरपालिकाले जनाएको छ । त्यसैगरी वडा नं ४ को बरालभञ्ज्याङ टोलमा ३१ जनामा गरिएको परिक्षणमा ७ जनामा संक्रमण देखिएको हो । पछिल्लो सयम नगरले यातायात, मजदुुर, अत्यावश्यक कामका लागि घर बाहिर रहनेहरु, कोभिडसंग मिल्ने लक्षण देखिएका र संक्रमितहरुसँग ट्रेसिङमा परेकाहरुको सम्बन्धीत स्थानमा गएर परिक्षण गर्दै आएको छ ।

नगरमा हालसम्म संक्रमितको संख्या १८७ जना पुगेको छ । १९ जना संक्रमणमुक्त हुँदा ८ जनाको मृत्यु भएको छ । नेपाल–भारत सिमा क्षेत्र पशुपतिनगरमा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा २४ जनाले उपचार पाएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार