Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सापकोटा एसोसिएटद्धारा इलाम अस्पताल सहित विभिन्न संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

सापकोटा एसोसिएटद्धारा इलाम अस्पताल सहित विभिन्न संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ १६ २०७८


सापकोटा एसोसिएटद्धारा इलाम अस्पताल सहित विभिन्न संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

इलाम । इलाम जिल्लालाई विभिन्न क्षेहरुबाट स्वास्थ्य सामाग्री सहयोग गर्ने क्रममा आईतबार इलाम जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु प्राप्त भएको छ । सुर्योदय नगरपालिका पञ्चकन्या निवासी तारा एवम रोजु सापकोटाको काठमाडौंस्थित सापकोटा एशोसिएट इन्जिनियरिङ प्रालिले उक्त सामाग्री उपलब्ध गराएको हो ।

सामाग्री प्राप्त गर्नेमा जिल्ला अस्पताल इलाम, फिक्कल अस्पताल सुर्योदय, आईतबारे सशस्त्र प्रहरी बल, तिनघरे प्रहरी चौकी, माईभ्याली फूटबल क्लब इलाम र नेपाल पत्रकार महासंघ इलाम शाखा रहेको छ । उक्त कम्पनीले इलाम अस्पताललाई अक्सिजन कन्सटेटर ३ थान, अक्सिमिटर, एनिटिजेन परिक्षण किट, भाईजर, विभिन्न प्रकारका मास्क, थर्मोगन, प्यारासिटामोल, पिपिई सेट लगायतका सामाग्रीहरु छन ।

अन्य स्वास्थ्य संस्था र संघ संस्थाहरुलाई विभिन्न प्रकारको मास्क, अक्सिमिटर थर्मोगन लगायतका सामाग्रीहरु रहेका छन् । संंस्थाहरुको सामाग्री हस्तान्तरण भईसकेको माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार