Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

महान्यायाधिवक्ताको  धम्कि :  अधिवक्ताहरुलाई के गर्नुपर्छ मैले जानेको छु

महान्यायाधिवक्ताको  धम्कि :  अधिवक्ताहरुलाई के गर्नुपर्छ मैले जानेको छु

  • सन्देश सम्बाददाता
  • आइतबार, जेष्ठ १६ २०७८


महान्यायाधिवक्ताको  धम्कि :  अधिवक्ताहरुलाई के गर्नुपर्छ मैले जानेको छु

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले संसद् विघटनसम्बन्धी मुद्दामा बहस गर्ने अधिवक्ताहरुले सीमा नाघेको भन्दै के गर्नुपर्छ भन्नेबारेमा आफूलाई जानकारी भएको भन्दै चेतावनी दिएका छन् । “वरिष्ठ अधिवक्ताले मिडिया मुभमेन्ट गर्नुपर्छ भन्नुभयो, निर्णय गर्नुभयो, वरिष्ठहरु मिडिया परिचालित गर्दै हुनुहुन्छ । म नेपाल राज्यको महान्यायाधिवक्तामात्रै होइन, बार काउन्सिलको अध्यक्ष पनि हो । महान्यायाधिवक्ताले भन्न पाउँदैनस् भन्ने रु मैले सहेको छु । सीमा नाघियो । म काउन्सिलको अध्यक्षको हैसियतमा वरिष्ठदेखि अधिवक्ताहरुलाई के गर्नुपर्छ मैले जानेको छु ।”

उनले यसो भनेपछि न्यायाधीश आनन्दमोहन भट्टराईले इजलासबाहिर गएर कारबाही गर्न र यहाँ सम्हालिएर बहस गर्न सुझाव दिएका थिए । “कारबाही इजलासबाहिर गएर गर्नुहोला । यहाँ सम्हालिएर विषयभित्र बहस गर्नुहोला,” भट्टराईको सुझाव थियो । बाह्रखरीबाट 

प्रतिक्रिया
सम्बन्धित समाचार