इलाम : नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरुलाई पार्टीबाट गरिएको निष्काशनको जिल्ला कमिटि इलामले भत्सर्ना गरेको छ । पार्टीको विकास र विस्तामा योगदान गरेका नेताहरु एवम सांसद गरी ११ जनालाई पार्टीबाट गरिएको निष्काशन र १२ जनालाई सोधिएको स्पष्टिकरणलाई झलनाथ–माधव समुहले निरंकुश तानाशाही निर्णयको भनेको छ ।
अध्यक्ष भक्त केसीले प्रेस विज्ञप्ती जारी गर्दै नवौ महाधिवेशनको माग निर्देशन र पार्टीको विधानको ठाडो उल्लंघन गर्दै कथित राष्ट्रिय महाविधवेशन आयोजक कमिटी गठन गरी अध्यक्ष बनेका केपी ओलीबाट एकपछि अर्को स्वेच्छाचारी काम भइरहेको आरोप लगाए ।
विज्ञप्तीमा भनिएको छ ‘ पार्टी महाधिवेशनको निर्णय र पार्टी विधान अनुरुप पार्टी संचालन हुनुपर्ने आवाज उठाउने पार्टीका नेता कार्यकर्ता र सांसदहरु विरुद्ध अत्यन्त निरंकुश र हैकमवादी शैलीले पटक पटक कर्थित कारवाहीको डण्डा चलाइएको छ ।’
