इलाम । इलाम अस्पतालले कोभिड संक्रमित महिलालाई प्रसुति सेवा प्रदान गरेको छ । बुधबार अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रभु शाह समेतको चिकित्सकको टोलिले इलाम नगरपालिका ११ की महिलाको शल्यक्रिया मार्फत प्रसुति गराएको थियो ।
इलाम नगर पालिका ११ की एक महिलाको परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । आर्थिक अवस्था कमजोर रहेका फागो परिवारको उपचारमा उद्योग बाणीज्य संघका उपाध्यक्ष दिपेश श्रेष्ठले समन्वय गरेका थिए । शल्यक्रियापछि शिशु र महिलाको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।