Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा थपिए ५५ संक्रमित

इलाममा थपिए ५५ संक्रमित

  • सन्देश सम्बाददाता
  • बिहिबार, जेष्ठ १३ २०७८


इलाममा थपिए ५५ संक्रमित

इलाम । आज इलाममा ५५ कोरोना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा १०, सूर्योदयन गरपालिकामा छ, माईजोगमाई गाउँपालिकामा २०, माङ्सेबुङ गाउँपालिकामा ११, माई नगरपालिकामा २, चुलाचुली गाउँपालिका र फाकफोथुम गाउँपालिकामा ३/३ संक्रमित थपिएका छन् ।

आज सन्दकपुर गाउँपालिका, देउमाई नगरपालिका र रोङ गाउँपालिकामा थप संक्रमित फेला परेनन् । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार जम्मा संक्रमितको संख्या आठ सय २५ पुगेको छ । जम्मा मृत्यु हुनेको संख्या २२ र निको हुनेको संख्या ९७ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार