इलाम । जिल्लामा नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमण रोकथामको लागि खनाल कन्स्ट्रक्सन प्रालिले इलाम अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कन्स्ट्रक्सनले ८० मुल्य बराबरको सामाग्री प्रदान गरेको हो । खनाल कन्स्ट्रक्सनका निर्देशक डिल्लीराम खनालले १९ हजार मुल्य बराबरको सक्सन मेसिन, ३३ हजार मुल्य बराबरको १० थान नेबुलाइजर र २ थान अक्सिजन उपलब्ध गराएका हुन् ।
जिल्लामा कोरोनाको भयावह स्थित बढ्दै गएपछि सामाजिक कार्यमा सहयोग स्वास्थ्य सामाग्री प्रदान गरिएको खनालले बताए ।