इलाम । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचनमा खिमलाल देवकाेटा बिजयी भएका छन् । राष्ट्रिय सभा सदस्यको लागि खिमलालले ५०८८ मतभार प्राप्त गरे । उनले प्रदेशसभाबाट ४५ मत र स्थानीय तहबाट १२८ मत प्राप्त गरे । प्रतिद्धन्द्धी रामबहादुर थापाले ४०१४ प्राप्त गरे ।
उनले प्रदेशसभा तर्फ ४५ मत र स्थानीय तहबाट १०३ मत मात्र प्राप्त गरे । नेमकिपाबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङले प्रदेशसभा र स्थानीय तहबाट २/२ मत प्राप्त गरे । जस अनुसार उनले १३२ मतभार हुन जान्छ । प्रदेशसभाकाे मतभार ४८ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ ।
प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा प्रदेश सांसद १ सय १० जनामध्ये १ सय ५ मत मात्रै खस्यो। स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३८ मध्ये २ सय ३२ मत खसेका थियो । उपनिर्वाचनमा एमालेका तर्फबाट रामबहादुर थापा, विपक्षी गठबन्धनका तर्फबाट एमालेकै माधव नेपाल निकट डाक्टर खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिष्पर्धामा थिए ।
थापा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरी राष्ट्रिय सभा सदस्य पद रिक्त गराएको हो ।