Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकामा २१ जनाको एन्टिजिन पोजेटिभ

इलाम नगरपालिकामा २१ जनाको एन्टिजिन पोजेटिभ

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ ६ २०७८


इलाम नगरपालिकामा २१ जनाको एन्टिजिन पोजेटिभ

इलाम । इलाम नगरपालिकामा आज २१ जनाको एन्टिजिन मार्फत गरिएको कोभिड–१९ परिक्षण पोजेटिभ आएको छ । इलाम नगरपालिकाका विभिन्न वडाहरुमा कोभिडसंग मिल्दाजुल्दा लक्षण भएका र संक्रमितहरुसंग ट्रेसिङमा परेका ५१ जनाको परिक्षणको २१ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

संक्रमण देखिनेहरुमा १४ जना पुरुष र ७ जना महिला रहेका छन् । वडा नं ५ का १ जना पुरुष, वडा न ६ मा एक जना महिला, वडा नं ७ मा ८ जना पुरुष र ३ जना महिला, वडा नं ८ मा १ जना महिला तथा वडा नं ९ मा ५ जना पुरुष र २ जना महिला रहेको स्वास्थ्य शाखा प्रमुख रमन्ता पौड्यालले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार