Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम–झापा समाजद्वारा इलाम अस्पताललाई १ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने

इलाम–झापा समाजद्वारा इलाम अस्पताललाई १ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ ४ २०७८


इलाम–झापा समाजद्वारा इलाम अस्पताललाई १ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने

इलाम । इलाम–झापा समाजद्वारा इलाम अस्पताललाई एक लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेको छ । नयाँ भेरियन्ट सहितको कोरोनाको संक्रमण इलाममा बढ्दै जान थालेपछि सामजिक सञ्जालमा आक्रोश बढ्दै गएको थियो ।

इलामबासीको पिडालाई मल्हम लगाउन समाजका अग्रज विनोद बस्नेत,श्याम खड्गी र गजेन्द्र पौडेलको पहलमा अस्पताललाई एक लाख रुपैयाँ बराबरको स्वास्थ सामाग्री जेठ ५ गते उपलब्ध गराउने सामाजिक अभियन्ता निरोज खड्गीले जानकारी दिए ।

एकका लागि एक अभियानबाट थप एक लाखकाे समेत सामाग्री उपलब्ध हुने छ ।  कोरोनाबाट हालसम्म इलाममा ३५१ जना संक्रमित भएका छन् । ३१ जना संक्रमणबाट मुक्त हुँदा ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार