Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्न माओवादी केन्द्र इलामको आग्रह

जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्न माओवादी केन्द्र इलामको आग्रह

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ ३ २०७८


जनताको स्वास्थ्यलाई  प्राथमिकतामा राख्न माओवादी केन्द्र इलामको आग्रह

इलाम । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इलामले जिल्लामा कोरोनाको कहर बढ्दै जान थालेपछि जिल्ला संकट व्यवस्थापन समिति (डिसिएमसी) । स्थानीय सरकारलाई जनताको स्वास्थ्य उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । माओवादी केन्द्रले जिल्ला अस्पताल इलामलाई स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरण र सामाग्रीको समुचित व्यवस्थापन मिलाउनका साथै अक्सिजनको पर्याप्त व्यवस्थापन र भण्डारण गर्न आग्रह गरेको हो ।

अस्पतालमा रहेको भेन्टिलेटर, आइसियु, डाइलोसिस मेसिन तत्काल संचालनमा ल्याउन र सवै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामाग्रीको व्यस्थापन गर्न समेत आग्रह गरेको छ । जिल्ला संयोजक सोममाया राई सिन्धुले विज्ञप्ती जारी गर्दै छिमेकी राष्ट्र भारतमा एकै दिन लाखौं व्यक्ति संक्रमित र हजारौंको संख्यामा मृत्युको तथ्याङ्कले पनि खुल्ला सीमा रहेको इलामको अवस्था भयावह बन्ने तर्फ सचेत रहनुपर्ने जनाइन् ।

विज्ञप्तीमा भनिएको छ ‘संक्रमितहरुको उपचार निशुल्क गर्न आवस्यक पहल गर्न साथै अग्रमोर्चामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पर्याप्त मात्रामा पिपिई, मास्क लगायत स्वास्थ्य सुरक्षा सामाग्री र न्युनतम १०० प्रतिशत प्रोत्साहन भत्ता तुरुन्तै उपलब्ध गराउन तिनै तहको सरकार सँग जोडदार माग गर्दछौं ।’

महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि र लकडाउनका कारणले दैनिक छाक टार्नै गाह्रो भएका परिवारका लागी राहत प्याकेज उपलब्ध गराउन स्थानीय तहहरुलाई माओवादी केन्द्रले अपिल गरेको छ । हालसम्म इलाम जिल्लामा समेत ३१० जना मानिस संक्रमित भएका छन् भने ११ जना मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार