Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम नगर प्रमुख बस्नेत र कांग्रेस सभापति कर्मचार्यको रिर्पोट पोजेटिभ

इलाम नगर प्रमुख बस्नेत र कांग्रेस सभापति कर्मचार्यको रिर्पोट पोजेटिभ

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ २ २०७८


इलाम नगर प्रमुख बस्नेत र कांग्रेस सभापति कर्मचार्यको रिर्पोट पोजेटिभ

इलाम । इलाम नगरपालिका प्रमुख महेश बस्नेतको एन्टिजेन परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कालिबहादुर भुजेलले विज्ञप्ती जारी गर्दै बस्नेतको एन्टिजेन पोजेटिभ आएको जनाएका हुन् । विज्ञप्तीमा होम आइसोलेसनमा रहेका बस्नेतको अवस्थामा सामान्य रहेको उल्लेख गरिएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका जिल्ला सभापति हिमालय कमचार्यको समेत परिक्षणबाट रिर्पोट पोजेटिभ आएको छ । कमचार्यले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रिर्पोट पोजेटिभ आएको उल्लेख गरेका हुन् । ३ दिन अघि जिल्ला समन्वय समिति प्रमुख गणेश बराल समेत कोरोना संक्रमित भएका छन् । उनको समेत एन्टिजेन परिक्षण पोजेटिभ आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार