Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईको सुखानीमा कोरोना बिरुद्ध युवाको हेल्प डेस्क

माईको सुखानीमा कोरोना बिरुद्ध युवाको हेल्प डेस्क

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख २७ २०७८


माईको सुखानीमा कोरोना बिरुद्ध युवाको हेल्प डेस्क

माई । कोरोना संक्रमण बढेको भन्दै इलाम माई नगरपालिकाको सुखानीमा कोरोना रोकथाम हेल्प डेस्क शुरु भएको छ । माई नगरपालिकाको आर्थिक सहयोग र युवा सशक्तीकरण संजाल माईको आयोजनामा हेल्प डेक्स संचालन सुरु भएको हो ।
सुखानी सहिद सहादत स्थलमा युवा सशक्तिकरण संजालका युबाहरुले झापा बाट माई प्रवेश गर्ने मुल सडकमा सुरक्षाकर्मि सहित निगरानी सुरु गरिएको संजालका अध्यक्ष दिपेन्द्र सुब्बा (संगम) ले जानकारी दिए ।  पैदल यात्री, नीजि तथा सार्वजनिक साधनमा यात्रा गर्ने नागरिकहरुलाई नियमित माक्सको प्रयोग र स्वास्थ्य मापदण्डको प्रयोग गर्न अनुरोध गर्दै युवाहरुले निःशुल्क माक्स समेत बितरण गरेका छन। 
आगामी १५ दिन सम्म युवाहरु सुखानीमा सचेतना कार्यमा सहभागी हुने सञ्जालका सदस्य बुधराज योङहाङले जानकारी दिए । निगरानी तथा सचेताना टोलिमा युवाहरु पबित्र पुर्जा मगर, कुसुम दोर्जे तामाङ, बिशाल खड्का , मन बहादुर खड्का स्थानिय समाजसेवीहरु कुमार लिम्बू, महेन्द्र बुढाथोकी, पासाङ तामाङ लगायतको सहभागिता रहेको छ

प्रतिक्रिया
सम्बन्धित समाचार