Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगर युवा परिषदमा डिल्ली, खेलकुदमा शरण

सूर्योदय नगर युवा परिषदमा डिल्ली, खेलकुदमा शरण

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख २६ २०७८


सूर्योदय नगर युवा परिषदमा डिल्ली, खेलकुदमा शरण

फिक्कल । सूर्योदय नगर युवा परिषदको संयोजकमा डिल्ली आचार्य र खेलकुद विकास समितिमा शरण राई चयन भएका छन् । नगर कार्यपालिकाकाे बैठकबाट आचार्यलाई सूर्योदय नगर युवा परिषद संचालन कार्यविधि २०७६ को परिच्छेद २ को दफा ९ बमोजिम संयोजकको रुपमा चुनेको हो । आचार्य नेतृत्वको समिति २४ सदस्यीय रहेको छ ।

समितिको सदस्यमा भुवन राई, बिमल साङ्याङ, कमल तामाङ, रमेश बराइली, उत्तम खत्री, युषित दाहाल, टिस्टा राई, डम्बर लङ्वा, राजु घिमिरे, गोपाल भट्टराई, शिशिर आचार्य रहेका छन् । अन्य सदस्यहरुमा अजित राई, सोनाम राई, भानु खड्का, सङ्ग्राम नेपाल, मणी राई, गोविन्द कट्टेल, सिर्जना राई, खगेन्द्रप्रसाद भण्डारी, पुकार समाल रहेका छन् ।

अपाङ्गता भएकाहरु मध्येबाट प्रतिनिधित्व गर्ने एक जनालाई सदस्यको रुपमा मनोनित गरिनेछ । समितिको सदस्य सचिवमा युवा तथा खेलकुद शाखाका अधिकृत योगनिधि भट्टराई रहेका छन् । त्यसैगरी सूर्योदय नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७६ अनुसार शरण राईको संयोजकत्वमा गठन भएको खेलकुद समितिको सदस्यमा रञ्जु योल्मो, पारस राई, बेदु लुइटेल, पेमा उगेन लामा, किरण मोक्तान र दिपक पौडेल रहेका छन् ।

विभिन्न खेलकुद विधाका खेलकुद विज्ञहरुबाट प्रतिनिधित्व हुने गरी नगर कार्यपालिकाबाट २ जना सदस्य, नगरस्तरका खेलकुदसंग सम्बन्धित संघसंस्था तथा क्लबहरुबाट सिफारिस भई आएका १ जना महिला सहित ३ जना मनोनित हुन बाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार