नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि इलामका स्थानीय तहहरुले धमाधम अत्यावश्यक बाहेका सेवा बन्द गरिरहेका छन् । जिल्लाका सबै स्थानिय तहमा सरकारी कार्यलयमा अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द छन् । भारतसंग सिमा जोडिएको सूर्योदय नगरपालिकाले आजबाट अत्यावश्यक सेवा बाहेक सबै अनिश्चितकालको लागि बन्द गरेको छ ।

नगरपालिकाकाे केन्द्र फिक्कल बजारमा खाध्यान्न र औषधी पसल बाहेकका अन्य पसलहरु फाट्फु्ट्ट रुपमा मात्र खुलेका छन् । नगरपालिकाले खाध्यान्न आपुर्ति, निमार्ण सामाग्री आपुर्ति, सरकारी गाडी र अन्य अत्यावश्कय सवारीसाधन बाहेकका संचालनमा रोक लगाएपछि अहिले सडकमा थोरै मात्र यातायातका साधनहरु आवतजावत गरेको भेटिन्छ । प्रहरी प्रशासनले सवारीसंचालनमा नियमन गरिरहेका छन्
