इलाम । नेपाली कांग्रेसमा लामो समय राजनिति गरेका मधेशी नेता जयप्रकाश (जेपी) गुप्ताले इलामका कृष्ण भक्तराजको निधनमा दुःखी भएको उल्लेख गरेका छन् । नेपाली राजनितिबाट टाढा भई विराटनगरमा कृषि फर्म संचालन गरी बसेका गुप्ताले भक्तराजसंगको फोटो आफ्नो ट्विटर ह्यान्डमा पोष्ट गर्दै भक्तराजको देहवासानले दुःखी भएको उल्लेख गरेका छन् ।
म ०३७ सालमा इलाम जादाँ बसेको घर हो कृष्ण भक्तराजको।हँसिलो भक्त उत्तिकै निर्भिक थिए।तेस बेला हामी जस्तालाई आफ्नो घरमा बास दिने, पुलिसले पछ्याई रहदाँ पनि संगै रहने साथी आज कोरोनाले रहेनन्।पछिल्लो पटक, शायद २/४ बर्ष अघि इलाम जादाँ भेटेको थिए।उनको देहावसानले म बडो दु:खी भएको छु।💐🙏 pic.twitter.com/abprkoAaAZ
— Jp Gupta (@JpanandaJp) May 4, 2021
उनले लेखेका छन् । “म ०३७ सालमा इलाम जादाँ बसेको घर हो कृष्ण भक्तराजको।हँसिलो भक्त उत्तिकै निर्भिक थिए।तेस बेला हामी जस्तालाई आफ्नो घरमा बास दिने, पुलिसले पछ्याई रहदाँ पनि संगै रहने साथी आज कोरोनाले रहेनन्।पछिल्लो पटक, शायद २र४ बर्ष अघि इलाम जादाँ भेटेको थिए।उनको देहावसानले म बडो दु:खी भएको छु।”
इलाम नगरपालिका–७ निवासी प्रजातान्त्रिक योद्धा भक्तराजको मंगलबार निधन भएको थियो ।