फिक्कल । इलामको माईजोगमाई गाउँपालिका–५ सोयाङमा लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ख्याम कुमारी लिम्बु रहेकी छन् । सोमबार राती करिब ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झरेकी थिइन् ।
टाउँकोमा गम्भिर चोट लागि घाइते भएकी लिम्बुको उपचारको क्रममा राती सवा १० बजे इलाम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । लाशलाई पोष्टमार्टमको लागि इलाम अस्पतालमा राखिएको छ ।