Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सम्भावित जोखिमबाट जोगाउँदै काम गर्ने वातावरण तयार पार्न प्रेस संगठन प्रदेश १ को अपिल

सम्भावित जोखिमबाट जोगाउँदै काम गर्ने वातावरण तयार पार्न प्रेस संगठन प्रदेश १ को अपिल

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख १९ २०७८


सम्भावित जोखिमबाट जोगाउँदै काम गर्ने वातावरण तयार पार्न प्रेस संगठन प्रदेश १ को अपिल

इलाम । प्रेस संगठन नेपाल प्रदेश १ समितिले कोरोनाको दोश्रो लहर सुरु भएसंगै सम्भावित जोखिमबाट सञ्चारक्षेत्रलाई जोगाउँदै पत्रकारलाई महामारीका बीचमा पनि निर्वाध काम गर्ने वातावरण तयार पार्न सरकारसंग आग्रह गरेको छ । संगठनले निर्वाध रुपमा काम गर्ने वातावरणका साथै संक्रमणमा परेका सञ्चारकर्मीहरुको उपचारको प्रभावकारी व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो ।

साथै पहिलो चरणको खोप लगाउन छुटेका फ्रण्ट लाइनमा रहेर कार्यरत पत्रकारहरुलाई यथाशिघ्र खोप लगाउने व्यवस्था मिलाउन समेत संगठनले सरकारसंग माग राखेको छ । प्रदेश सचिव सुजन तिमसिनाले अपिल जारी गदै समाचारकक्षमा सामाजिक दूरी कायम गर्ने, सकभर घरबाटै काम गर्ने वातावरण मिलाउने, पर्याप्त स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्ने लगायतका अत्यावश्यक व्यवस्था तत्काल गर्न सम्पुर्ण सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेका छन् ।

संगठनले कोरोनाको बहानामा श्रमजीवि पत्रकारहरुको पारिश्रामिक रोक्ने, कटौति गर्ने, कार्यादेश नदिने, कामबाट निकाल्ने जस्ता यस अघि भएका गतिविधी नदोहो¥याउन आग्रह गरेको हो। संगठनले विषम परिस्थितीमा पत्रकारहरुलाई यथास्थानबाटै पत्रकारिता कर्म गर्नका लागि इन्टरनेट लगायत प्राविधिक सेवा निशुल्क उपलब्ध गराउन सरकारसमक्ष आग्रह गरेको छ ।

अपिलमा भनिएको छ ‘ दोश्रो लहरको प्रारम्भिक संक्रमणको दर र तिब्रतालाई हेर्दा अवस्था जटिल हुने आशंका पैदा भएको छ । जसले आम सञ्चार क्षेत्रमा नकारात्मक प्रभाव पार्ने सम्भावना छ । यसबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न समस्याको समाधानका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई ध्यानाकर्षण गराउँदछौँ ।’

संगठनले संचारकर्ममा सक्रिय रहदा संक्रमित भएका प्रदेशका पत्रकारहरुको उपचारको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार