इलाम । गैर सरकारी संस्था महासंघ इलामको नवौं अधिवेशन तथा १५ औ साधारणसभाबाट पुनः कमल नेपाल अध्यक्षमा चयन भएका छन् । सुनगाभा विकास संस्थाको सभाहलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा भक्त थामी, सचिवमा भीमबहादुर कार्की, सहसचिवमा मनकुमार बराइली र कोषाध्यक्षमा यशोदा देवालाई चयन गरेको छ ।
सदस्यहरुमा नेत्रकला खनाल, लक्ष्मणकुमार दुलाल, यशोदा सुब्बा र निरुता मगरलाई चयन गरेको छ । अधिवेशन तथा साधारणसभाको अवसरमा इलाम नगरपालिका–५ को जनकल्याण सामुदायिक पुस्तकालय र सामाजिक अभियान्ता बसन्ती घतानी सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का र महासंघका अध्यक्ष कमल नेपालले सम्मानित संस्था र व्यक्तिलाई सम्मापत्र सहित खदा ओडाएर सम्मान गरेका थिए ।
महासंघका अध्यक्ष कमल नेपालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, गैसस महासंघ प्रदेश नं। १ का अध्यक्ष प्रकाश अधिकारी, सञ्चारकर्मी तथा पुस्तकालयका अध्यक्ष सटेन्द्र जबेगू, महासंघका पूर्व अध्यक्ष डा। डिएन फूँएललगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम महासंघका सचिव लीला थापाले सञ्चालन गरेका थिए ।