Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पत्रकार मिश्रको शब सेनाले व्यवस्थापन गर्ने

पत्रकार मिश्रको शब सेनाले व्यवस्थापन गर्ने

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख २ २०७८


पत्रकार मिश्रको शब सेनाले व्यवस्थापन गर्ने

झापा । कोभिड सङ्क्रमणबाट निधन भएका झापाका पत्रकार एवम् अधिकारकर्मी कमल मिश्रको शब नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने भएको छ । पत्रकार मिश्रको ४८ वर्षको उमेरमा मङ्गलवार राति १ बजे राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निधन भएको हो । भारतको धार्मिक यात्राबाट फर्किए लगत्तै बिरामी भएका उनी कोभिडबाट सङ्क्रमित भएको थाहा भएको थियो ।

उनका दाजु लोकनाथ मिश्रले शबलाई झापास्थित घर लैजाने परिवारका सदस्यको इच्छा भए तापनि कोभिडको कारण सरकारले अनुमति नदिएको बताए । दिउँसो १ बजेसम्म मिश्रको शब टेकुस्थित अस्पतालमै राखिएको छ । ‘नेपाली सेनाको टोली आएर शब दाहसंस्कारका लागि लैजाने भनेका छन्’, मृतकका दाजु लोकनाथले भने–‘मैले बल्लबल्ल अनुहार हेर्न पाएँ ।’

अस्पतालमा शब हेर्न समेत सहज रुपमा नदिइएको उनको भनाई छ । काजकिरिया भने झापामै आएर गर्ने उनले जानकारी दिए । एक दशक यता पत्रकार कमल मिश्र भक्तपुरको राधे राधे धार्मिक संस्थामा बसेर आध्यात्मिक जागरणमा सक्रिय थिए । उनी झापामा रहँदा जनान्दोलन साप्ताहिकका संस्थापक सम्पादक थिए । झापाको बामपन्थी राजनीति, पत्रकारिता र मानव अधिकारका क्षेत्रमा उनको योगदान उल्लेखनीय छ ।

उनको पत्नी र तीन छोरी छन् । दशबर्षे जनयुद्धका बेला भारतमा रहेर सघाउने क्रममा उनी भारतमै पक्राउ परेको र त्यसबेला हिरासतमा दिइएको यातनाका कारण उनको एउटा आँखाको ज्योति समेत गुमेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार