Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

अनेरास्ववियु (क्रान्तिकारी) इलामको विस्तारित बैठक सम्पन्न

अनेरास्ववियु (क्रान्तिकारी) इलामको विस्तारित बैठक सम्पन्न

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र ३० २०७७


अनेरास्ववियु (क्रान्तिकारी) इलामको विस्तारित बैठक सम्पन्न

इलाम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति इलामको विस्तारित बैठक सम्पन्न भएको छ । संगठनको संयोजक विपिन पोख्रेलको अध्यक्षता भएको बैठकमा नेकपा माओवादी केन्द्र १ नं प्रदेश समिति सदस्य टिकादेवि घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

क्रान्तिकारीको बैठकले आगामी २०७८ जेठ १ र २ गते संगठनको १३ औ जिल्ला सम्मेलन इलाम सदरमुकाममा गर्ने निर्णय सहित विपिन पोख्रेलको संयोजकत्वमा ७५ सदस्यीय सम्मेलन आयोजक समिति बनाउने निर्णय गरेको छ । बैठकले सम्मेलन सम्पन्न गर्नका लागि विभिन्न विभाग गठन सगै संगठन विस्तारलाइ तीब्र गतिमा अघि बढाउन स्थानीय तहको इन्चार्ज तथा संयोजक समेतको जिम्मेवारी तोकेको छ ।

बैठकमा प्रशिक्षण मुलक मन्तब्य प्रमुख अतिथि घिमिरे, पार्टीको इलाम जिल्ला कार्यालय सदस्य विजय राई, कार्यालय सचिव प्रकाश परियार र फ्याक्स इन्चार्ज गन्जु प्रधानले राखेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र० इलाम जिल्ला संयोजक सिन्धु राई, कार्यालय सदस्य प्रवाश शर्मा, जिल्ला सदस्य राम संजेल, वाइसीएल केन्द्रिय सदस्य चन्द्रकला तामाङ, इलाम नगर पार्टी सचिव तारानिधि घिमिरे लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन सहसचिव नयन राईले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार